बागलुङमा मनाइयो अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

राजेशचन्द्र राजभण्डारी
बागलुङ, १५ असोज । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बिच जेष्ठ नागरिक संघ बागलुङको आयोजनामा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाइयो ।

कार्यक्रममा बिद्यामन्दिर माध्यामिक बिद्यालयका पुर्वप्रधान अध्यापक जगन्नाथ आचार्यले जेष्ठ नागरिकलाई सरकार र राज्यले अहिले पनि हेर्ने दृष्टिकोण फराकिलो नभएको हुँदा जेष्ठ नागरिकको लागि राज्य र समाज जिम्मेवार बन्न जरुरी रहेको धारणा राखेका थिए । जेष्ठ नागरिकको इच्छा आकांक्षा धेरै छन् तिनलाई बुझ्न जरुरी रहेको आचार्यले बताए ।

कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष लालचन्द्र राजभण्डारी उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठ लगायतका बक्ताहरूले जेष्ठ नागरिकका समस्या के कस्ता छन् तिनलाई समाधान गर्ने नीति बनाउदै जानुपर्ने त्यसको लागि सबै सजग हुनुपर्ने धारणा राखेका थिए ।कार्यक्रम संचालन सचिव हरि सुवेदीले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here