निसीखोला र गल्कोटमा थप ६ जनालाई कोरोना पुष्टि

बागलुङ, १४ असोज । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र गल्कोट नगरपालिकामा आज बुधबार थप ६ जनालाई कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा निसीखोला गाउँपालिका वडा नम्बर ३ का २६ र ३१ बर्षिय दुई जना पुरुष, वडा नम्बर ५ का २० बर्षिय एक जना पुरुष, गल्कोट नगरपालिका वडा नम्बर ४ का २७ बर्षिय एक जना पुरुष, वडा नम्बर ३ का २३ बर्षिय एक जना महिला र ३५ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी रोग फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।

उहाँले निसीखोला गाउँपालिकाका तीनै जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुनभने गल्कोट नगरपालिकाका रौतहटबाट आएका बताउनुभयो ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको फोकलपर्सन बरालले बताउनुभयो ।

यससँगै बागलुङमा आज एकै दिन १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज दिउँसो तीन जना नेपाल आर्मिका सैनिक, एक जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी, एक जना जैमिनी नगरपालिकाले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजान भाडामा लिएको सवारीका सवारी चालक र २ जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेकालाई संक्रमण पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here