पोखरामा २० घण्टाको नवजात शिशु सहित तीन जनालाई कोरोना

पोखरा, १४ असोज । पोखरामा बुधबार एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएका पोखरा ४ का २० घण्टाका नवजात शिसुसहित थप ३ जनामा कोरोना देखिएको हो। नवजात शिसुलाई सोही अस्पतालको एन.आई.सि.युमा राखेर उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

त्यसै गरि पोखरा २ का ६५ वर्षीय पुरुष तथा पोखरा २० का ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here