बागलुङ, १३ असोज । बागलुङ बजारमा रहेको एकता सहकारी संस्था लिमिटेडले चाडवाड कर्जा ल्याएको छ ।

सहकारीले नेपालीहरुको महान पर्व दशै र तिहारको उपलक्ष्यमा आफ्ना शेयर सदस्यहरुलाई ८ प्रतिशतमा ऋण लगानी गर्नेगरि चाडवाड कर्जा ल्याएको हो । सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्माले सहकारीले नेपालीहरुको महान वर्ष बडादशै र तिहारको अवसरमा बढिमा ८ लाखसम्म ८ प्रतिशत कर्जा लगार्न गर्न लागेको जानकारी दिनुभयो ।

सहकारीले अन्य सहकारीबाट ऋण स्तान्तरण गर्दा सेवा शुल्क छुटको व्यवस्था समेत गरेको छ । सहकारीका प्रबन्धक दीपक राजभण्डारीले अन्य सहकारीबाट एकता सहकारीमा ऋण स्थानान्तरण गर्ने शेयर सदस्यहरुलाई सेवा शुल्क छुटको व्यवस्था गरिएको बताउनुभयो ।

यस्तै सहकारीले दोहोरो सदस्यता रहेका शेयर सदस्यहरुलाई अन्य सहकारीबाट सदस्यता त्याग गरि एकतामा मात्र सदस्यता कायम गर्न आव्हान गरेको छ । सहकारीले आईतबार सूचना प्रकाशित गरि सहकारी ऐन २०७४ को व्यवस्था अनुसार एउटै उद्देश्यीय भएका सहकारीमा दोहोरो सदस्यता लिन नपाइने भएकाले असोज मसान्तसम्म अन्य संस्थाको सदस्यता त्याग गरि एकता सहकारीमा मात्र सदस्यता कायम गर्न आफ्ना शेयर सदस्यहरुलाई आव्हान गरेको हो ।

सहकारी ऐन २०७४ अनुसार कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थामा सदस्य हुन नपाइने व्यवस्था रहेको छ । ऐन प्रारम्भ हुनु भन्दा अघि कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एक भन्दा बढी संस्थाको सदस्य रहेको भए ऐन प्रारम्भ भएको मितिले तीन वर्ष भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नु पर्नेछ भन्ने ऐनमा उल्लेख छ । सहकारी ऐन २०७४ कात्तिक १ गतेदेखि लागु भएको थियो । ऐनमा व्यवस्था भएको तीन वर्षको अवधी आगामी असोज मसान्तमा सकिदैछ ।

सहकारी ऐनले गरेको व्यवस्था अनुसार आगामी असोज मसान्त पछि एउटै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको सदस्य हुन नपाइने भएकाले एकता सहकारी संस्थाका शेयर सदस्यहरुलाई अन्य वचत तथा ऋण सहकारीको सदस्यता त्याग गरी एकतामा मात्रै सदस्य बन्न आव्हान गरिएको संस्थाका सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here