सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गौतम निर्वाचित

अनिश खाती
बागलुङ, १३ असोज । नेपाल सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा चन्द्रकिशोर गौतम निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा गौतमले ३९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी बृद्धिबहादुर गहतराजले २५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपध्यक्षमा म्याग्दीका जीवनकुमार विश्वकर्माले ४० र द्धितिय उपाध्यक्षमा गोर्खाका कृष्णबहादुर विश्वकर्मा ४० मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा नेत्रबहादुर विश्वकर्मा, सहकोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, सचिवमा रविन विश्वकर्मा र सहसचिवमा पर्व विश्वकर्मामा निर्वाचित हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्दयहरुमा ओमबहादुर विश्वकर्मा (बागलुङ), हरि गहतराज, हिमलाल विश्वकर्मा, मेघनाथ रामदाम, महिला सदस्यमा शान्त सुनार र एसोसिएट सदस्यमा विकास सदाशंकर निर्वाचित हुनुभएको छ ।

निर्वाचित पछि नवनिर्वाचित अध्यक्ष चन्द्रकिशोर गौतमले महासंघलाई सबल र सक्षम बनाउँदै व्यवसायी र कालिगढको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महासंघको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियोभने नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा र प्रदेश संयोजक निर्मल विश्वकर्माले सुनचाँदी व्यवसायको अहिलेको अवस्थाको बारेमा धारण राख्नुभएको थियो ।

गण्डकी प्रदेशका ११ जिल्लामा मध्य महासंघको ९ जिल्लामा शाखा रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here