
बुर्तिबाङ, ११ असोज । नवागन्तुक मालपोत कार्यालय बुर्तिबाङका प्रमुख दिलबहादुर केसीलाई आईतबार स्वागत तथा सम्मान गरिएको छ ।
विगत २ वर्षदेखि मालपोत कार्यालय बागलुङमा नायब सुब्बा पदमा कार्यरत केसीको बढुवा भई २०७७ भदौ २९ गतेदेखी मालपोत कार्यलय बुर्तिबाङको प्रमुख अधिकृतको रुपमा आउनु भएका उहाँलाई स्वागत गरिएको हो ।
केसीलाई ढोरपाटन नगर प्रमुख देव कुमार नेपाली र उप–प्रमुख करमति पुन मगरले स्वागत तथा सम्मान गर्नुभएको होे ।









