
बागलुङ, ११ असोज । बागलुङ वेनी सडक अवरुद्ध भएको ३ महिना सम्म पनि खुलाउन पहल नगरेको भन्दै स्थानियले सडक डिभिजन कार्यलय बागलुङ घेराउ गरेका छन् ।
वर्षाको कारण गत असार वाट सडक अवरुद्ध हुदा समेत सडकले वेवास्ता गरेको भन्दै कार्यलय घेराउ गरी ध्यानाकर्षण पत्र वुझाएका छन् । स्थानियले व्यक्तिगत रुपमा लगानी गरेर एकतर्फी सडक खोलेपनी वार्षाको कारण ४ घण्डामै अवरुद्ध भएको स्थानियको भनाई छ ।
पटक-पटक सडक खुलाउन माग गरेपनी अटेरी गरेपछी वाध्य भएर आफुहरु कार्यलय घेराउ गर्न आएको स्थानिय मातृकका आचार्यले वताए । सो सडक अवरुद्ध हुदा बागलुङ नगरपालिका ५ मालिका, म्याग्दीको वेनी नगरपालिका वडा नम्व्वर १ रत्नेचौर र वडा नम्वर २ ज्यामरुकोटका स्थानिय समस्यामा परेका छन् । गत असार ८ गते वाट वन्द भएको सडक खुलाउन पटक पटक आग्रह गर्दा समेत आफुहरुको आग्रहलाई वेवास्ता गरेको स्थानियले वताएका छन् ।
वर्षाको कारण बागलुङ वेनी सडक खण्ड अन्र्र्तगत बागलुङ नगरपालिका ५ वान्द्रे ,बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने ढोडेनी खोला पुल नजिकै र वेनी नगरपालिका १ रानीवनमा गएको पहिरोले सडक वन्द भएपछी ३ महिना देखी यातायात पुर्ण रुपमा ठप्प भएको छ । सडक रुचारु गर्न लाखौ रकम लाग्ने भएकोले कार्यलयमा पर्याप्त वजेट नहुदा सडक रुचारु गर्न समस्या भएको सडक डिभिजन कार्यलयले जनाएको छ । सडक खुलाउन आजैवाट सुरु गरिने सडक डिभिजन कार्यलय बागालुङका इन्जिनियर मुकुन्द प्रसाद लामिछानेले वताए ।
सडक डिभिजन कार्यलय बागलुङ घेराउ तथा ध्यानाकर्षण गराउन आएका स्थानियले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्पौपानेलाई समेत ध्यानाकर्षण पत्र वुझाएका थिए । पत्र वुझ्दै न्यौपानेले सडक सुचार गर्न तत्काल पहल थाल्ने वताएका थिए ।
सडक अवरुद्ध हुदा स्थानियले उत्पादन गरेको कृर्षि जन्य उत्पादन वजार सम्म ल्याउन समस्या भएको छ । करोडौ लगानीमा खुलोको भैसी फार्म ,कुखुरा फार्ममा उत्पादन भएको दूध ,मासु अण्डा वजार पु¥याउन र दाना ल्याउन समस्या भएको छ । म्याग्दी र मुस्ताङ भित्रने सावरी साधान पर्वतको मालढुङगा हुदै वेनी मालढुङका सडकवाट जाने गरेको भएपनि बागलुङ वाट म्याग्दी र मुस्ताङ जाने सावरी पनि मालढुङगा वाट घमेर जान वाध्य भएका छन् ।











