बागलुङ, ११ असोज । बागलुङ जिल्लाका चार पालिकाका थप ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिकाका १४ जना, काठेखोला गाउँपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना र बागलुङका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य बागलुङ नगरपालिकाका एक जना समुदायका हुनभने अन्य जापान, क्यानडा, दुबई, ओमन र भारतदेखि आई क्वारेन्टाइनमा बसिरहेका रहेको क्षयरोग, कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

आज (आईतबार) बागलुङ जिल्लाको गल्कोट नगरपालिका–३ का ४ बर्षिय बालिक सहित, २० बर्षिय पुरुष, १९ वर्षिय पुरुष, ५९ वर्षिय पुरुष, ५१ वर्षिय पुरुष, ३९ बर्षिय पुरुष, ७७ बर्षिय पुरुष र ७७ बर्षिय महिला रहेका छन्भने वडा नम्बर १ का ४७ बर्षिय एक जना पुरुष, वडा नम्बर ४ का एक जना ६९ बर्षिय एक जना महिला, वडा नम्बर ५ का २१ र २२ बर्षिय दुई जना पुरुष र वडा नम्बर ६ का ३५ र ५२ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । गल्कोटका संक्रमितहरु मध्य तीन जना जापान, दुई जना दुबई, एक जना क्यानडा, एक जना ओमनदेखि आउनुभएको होभने अन्य भारतदेखि आइ क्वारेन्टाइनमा बसिरहेको घिमिरेले जानकारी दिनुभयो ।

यस्तै काठेखोला गाउँपालिकामा भारतदेखि आइ क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५२, ४१, ५२, ५७, २८ र २२ बर्षिय छ जना पुरुष, वडा नम्बर ३ का ४१ र ४१ बर्षिय दुई जना पुरुष, वडा नम्बर ७ का ४५ बर्षिय एक जना पुरुष, वडा नम्बर ८ का ४१ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको क्षयरोग, कुष्ठरोग निरीक्षक घिमिरेले बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिका–१० का ४३ बर्षिय एक जना पुरुष, वडा नम्बर ६ का ५२ र ४० बर्षिय एक जना पुरुष, वडा नम्बर २ का २२ बर्षिय एक जना पुरुष र वडा नम्बर ३ का २८ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य बानपा–६ का ५२ बर्षिय पुरुष समुदायका रहेको र अन्य भारतदेखि आई क्वारेन्टाइनमा बसेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । समुदायका संक्रमित होम क्वारेन्टाइनमा बसिरहेको प्रमुख खनालले बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिका वडा नम्बर १ का ४० बर्षिय र वडा नम्बर ५ का २२ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतदेखि आई क्वारेन्टाइनमा बसेको हुन् ।

जैमिनी र काठेखोला गाउँपालिकाका संक्रमितहरुलाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा, बागलुङ नगरपालिकाका बानपा–१ बाङ्गेचौरमा रहेको धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा र गल्कोट नगरपालिकाका संक्रमितहरुलाई गल्कोट नगरपालिकाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here