बागलुङ, ७ असोज । बागलुङ जिल्लामा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आज (बुधबार) थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका २ जना, गल्कोट नगरपालिकाका एक जना र जैमिनी नगरपालिकाका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । निर्देशनालयका अनुसार काठेखोला गाउँपालिका–७ का २१ बर्षिय परुष र ५१ बर्षिय महिला, गल्कोट नगरपालिका–५ का ३१ बर्षिय एक जना पुरुष, जैमिनी नगरपालिका–४ का २७ र २४ बर्षिय दुई जना पुरुष, वडा नम्बर ६ का ५२ र १८ बर्षिय पुरुष र वडा नम्बर ८ का ३३ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितहरु सवै भारतदेखि आई क्वारेन्टाइनमा बसेको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यस्तै आज विहान बागलुङ नगरपालिकाका एक जना पुरुष र बडिगाड गाउँपालिकाका एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here