बागलुङ, ७ असोज । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा एकै पटक १४ जनामा संक्रमण देखिए लगत्तै बुर्तिबाङ बजार क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको पुष्टि भएको छ । बजार क्षेत्रको बढि भिडभाड हुने व्यावसाय सञ्चालक र बित्तिय संस्थाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बुर्तिबाङ क्षेत्रका नागरिकहरु त्रसित बनेका छन् ।

असोज ५ गते क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको ६९ जनाको स्वाब परिक्षणमा १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बजार क्षेत्रमै यति ठुलो संख्यामा कोरोना पोजेटिभ देखिँदा ढोरपाटन नगरपालिका भने मौन प्राय देखिएको स्थानीयले गुनासो गरेका छन् ।

सुरुसुरुमा क्वारेन्टाइनमा बसेकाहरु थोरै संख्यामा संक्रमित हुँदा ५० शेयाको आइसोलेसन स्थापना गरि चर्चामा आएको नगरपालिकाले यतिबेला संक्रमितलाई आइसोलेसनमा लान समेत नखोजेको स्थानिएले गुनासो गरेका छन् ।

नाम नवताउने सर्तमा एकजना स्थानीयले भने–‘संक्रमितलाई आइसोलेसनमा लैजाने बारेमा नगरपालिकामा बुझ्दा नगरप्रमुखले कोरोना कै रोकथाममा आजसम्म करोड भन्दा बढि खर्च भइसकेको र कोरोना नियन्त्रण गर्न नसकिने रहेको बताउँदै अब जे जे हुन्छ आफै जोगिने हो भन्ने गैरजिम्मेबार जवाफ दिए ।’ स्थानियहरुले संक्रमितलाई होम आइसोलेसनमा बस्न र नगरबासीलाई कोरोनाबाट आफै जोगिनुपर्ने नगरप्रमुखले जवाफ दिएपछि बुर्तिबाङ क्षेत्रका नागरिकहरु चिन्तित बनेको स्थानियहरुले बताए ।

ढोरपाटन नगरपालिकाले संक्रमितहरुलाई तीन दिनसम्म पनि आइसोलेसनमा लैजान कुनै पहल नगरेको र कन्ट्याक टे«सिङमा पनि कुनै कदम नचालेको स्थानियहरुले आरोप लगाएका छन् । संक्रमित १४ जना मध्ये हालसम्म ७ जना मात्र आफै आइसोलेसनमा गएर बसेका छन्भने बाँकी ७ जना अझैंपनि घरमै बसेको एक स्थानीयले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here