बागलुङमा ट्रिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाईते

बागलुङ, ४ असोज । बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौरमा ट्रिपर दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

ओडारचौरमा गिट्टी ल्याउँन जाँदा ग १ क ४३५० नम्बरको ट्रिपर दुर्घटना हुँदा हेटौडा घर भएका चालक हिमाल लामा र म्याग्दीको मंगला गाउँपालिका–५ घर भएका २९ बर्षिय सहचालक तिलक फगामी पुन गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

स्थानियहरुले ट्रिपर दुर्घटना भएको देखेपछि उद्धार गरि अस्पताल पु¥याएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here