
बागलुङ, ४ असोज । महारानी उपन्यासका लागि म्याग्दीका चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार २०७६ प्राप्त गरेका छन् । त्यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटालले पाएकी छन् ।
६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पु¥याएकाले ठटाललाई पुरस्कृत गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।
२०७६ सालमा प्रकाशित पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएको र त्यसबाट सात पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोट भएका थिए ।
महारानीका साथै जोकरको बन्दुक, धर्सैधर्साको चक्रव्यूह, परित्यक्ता, महारसनिघण्टु, मोहपथ र यात्रामा सूचीमा परेका थिए ।









