
बागलुङ, ४ असोज । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना ३७ दिनपछि कोरोना मुक्त बन्नु भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आईतबार ढुङ्गानाको रिपोर्ट नेगेटिभ आएको हो ।
साउन ३१ गते कोरोना पोजेटिभ हुनुभएका ढुंगाना सोहि दिन धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा भर्ना हुनुभएको थियो । सातौ पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि ढुंगानालाई आज डिस्चार्ज गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
कामको शिलशिलामा चितवन पुग्नुभएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख ढुंगाना संक्रमितको कन्ट्याक टे«सिङमा परेपछि पिसिआर परीक्षण गर्दा उहाँलाई संक्रमण पुष्टि भएको थियो ।










