बागलुङ, ३१ भदौ । भुकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ ।

बुधबार विहानपख गएको भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।

घर बस्नै नमिल्दे गरी क्षति भएको वडा नम्बर–६ का वडा सचिव रुद्रबहादुर केसीले जानकारी दिनुभयो । सुवेदीको ढुङ्गगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरको दक्षिण तर्फको गारो भत्किएको छ ।

परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामा पशु चौपया राख्ने गरिएको थियो ।

घर भत्किदा मानवीय तथा पशु चौपयामा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार विहान ६.० रेक्टर रेक्टर स्केलको भुकम्प गएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here