बागलुङ, ३१ भदौ । बागलुङ जिल्लाको तीन पालिकाका तीन जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका र गल्कोट नगरपालिकाका एक÷एक जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो । उहाँले संक्रमितहरु मध्य एक जना बालक र दुई जना पुरुष रहेको बताउनुभयो ।

फोकलपर्सन बरालले बागलुङ नगरपालिका–१ का ४६ बर्षिय एक जना पुरुष, गल्कोट नगरपालिका–३ का ३७ बर्षिय एक जना पुरुष र बडिगाड गाउँपालिका–४ का ६ बर्षिय बालकलाई कोरोना पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु मध्य बडिगाड गाउँपालिकाका ६ बर्षिय बालक संक्रमितको कन्ट्याक टे«सिङमा परेपछि गरिएको पिसिआर परीक्षणमा पोजेटिभ आएको होभने बागलुङ नगरपालिका र गल्कोट नगरपालिकाका २ जना पुरुष भारतदेखि आइ क्वारेन्टाइनमा बसेका छन् ।

संक्रमित सवैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको फोकलपर्सन बरालले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here