बागलुङ, ३० भदौ ।
पर्वतमा विद्युत मर्मतको क्रममा पोलबाट खस्दा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको सोमबार साँझ मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–७ खरेहामा विद्युतथ मर्मतका क्रममा पोलबाट खसेर बागलुङ नगरपालिका–१ रामरेखा घर भएका ३५ बर्षिय भोलाराम शर्माको मृत्यु भएको हो ।

पोलबाट खसेपछि गम्भिर घाईते भएका शर्मालाई उपचारको लागि पर्वत अस्पतालमा लगिएपछि अस्पतालले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मृतक शर्मा साँझ ७.३० बजे मर्मतका लागि पोलबाट खसेका थिए । उनलाई करेन्ट भने नलागेको बताइएको छ । मृतक शर्मा नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रीसियन पदमा कार्यरत थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here