बागलुङ, २९ भदौ । बागलुङ नगरपालिकामा फेरी समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

]धौलागिरी अस्पताल बागलुङमा उपचाररत बानपा–४ का ५३ बर्षिय एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ड ढुन्डीराज पौडेलले जानकारी दिनुभयो ।

फोक्सोमा समस्या देखिएको र ज्वरो र निरन्तर खोकी लागेपछि भदौ २५ गते धौलागिरी अस्पताल बागलुङमा भर्ना भएका उनको सोमबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रमुख पौडेले बताउनुभयो । अस्पताल भर्ना भएका संक्रमित पुरुषको फोक्सोमा पानी जमेको अस्पतालका निमित्त प्रमुख पौडेलले बताउनुभयो ।

संक्रमित पुरुष अस्पतालको जनरल वार्डमा भर्ना भइ उपचाररत रहेका थिए । अस्पतालका निमित्त प्रमुख पौडेलले खोकी र ज्वरोको समस्या देखिएकोले सुरुवातमै जनरल वार्डको छुट्टै कोठामा भर्ना गरिएको बताउनुभयो । उहाँले उपचाररत विरामीलाई कोरोना देखिएपछि उनको उपचारमा संलग्न नर्स र डाक्टरहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गरिने बताउनुभयो ।

संक्रमित पुरुष भदौ २४ गते पोखराको मणिपाल अस्पतालमा उपचारको लागि गइ २५ गते बागलुङ फर्केपछि अस्पतालमा भर्ना भएको कन्ट्याक टे«सिङबाट पत्ता लागेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । उहाँले कन्ट्याक टे«सिङ गर्दा २४ गते ट्याक्सी मार्फत पोखराको मनिपाल अस्पतालमा गई उपचार पछि सोहि दिन पोखराको एक होटलमा बास बसेपछि २५ गते विहान ट्याक्सीबाट बागलुङ आई अस्पतालमा भर्ना भएको देखिएको बताउनुभयो ।

संक्रमित पुरुषलाई दुई हप्तादेखि निरन्तर खोकी लागेकोले सोहि समयदेखि उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको प्रमुख खनालले बताउनुभयो । उहाँले संक्रमित पुरुषको परिवारलाई सोमबार दिउँसो घरमै पुगि सुरक्षित क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताउनुभयो ।

संक्रमित पुरुषलाई धौलागिरी अस्पतालकै आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here