
बागलुङ, २५ भदौ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छभने २ जना घाईते भएका छन् ।
बुधबार राती वर्षासँगै परेको चट्याङले लागेर ताराखोला–३ फिलमिरेका २२ बर्षिय भिमबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक युवराज सलमीले जानकारी दिए । बुधबार घरमै सुतिरहेको अवस्थामा चट्याङ परेपछि बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रननि सलमीले बताए । मृत्तकको शब पोस्ट मार्टमका लागि गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ ।
चट्याङ लागेर सोहि स्थानका ३२ बर्षिय सुरेश थापा र वडा नम्बर ३ बराखोला छमइका ध्रुव कंडेल घाईते भएको प्रननि सलामीले जानकारी दिए । घाईते दुवै जना स्थानिय क्लिनिकमा उपचार पछि घर फर्किएको उनले बताए ।
यस्तै बुधबार राती परेको चट्याङले लागेर जैमिनी नरपालिका–९ का एक पुरुष घाईते भएका छन् । जैमिनी–९
एडाँडामा बुधबार बर्षासँगै परेको चट्याङले लागेर ३१ बर्षिय किशान थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाईते थापाको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।









