
बागलुङ, २४ भदौ ।
बागलुङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन् ।
मंगलबार बागलुङ नगरपालिका–१ रामरेखामा ध १ त ४०२ नम्बरको ट्याक्टरले ध १ प ८६३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बा.न.पा.–५ का ३२ बर्षिय अर्जुन आचार्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइते आचार्यको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।









