बागलुङमा थप एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण

बागलुङ, २४ भदौ ।
बागलुङको तमानखोला गाउँपालिकामा कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तमानखोला गाउँपालिकामा रहेको बोंगादोभान प्रहरी चौकीमा कार्यरत २६ बर्षिय सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको प्रमुख गुरौले बताउनुभयो ।

गत भदौ १४ गते तमानखोला गाउँपालिकामा एक जना स्वास्थ्यकर्मी र चनाचटपट व्यवसायी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमा गरिएको पिसिआर परीक्षणमा सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको प्रमुख गुरौले बताउनुभयो ।

संक्रमित सुरक्षाकर्मीलाई जनजागृति माविको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

यस्तै गत भदौ १४ गते संक्रमण पुष्टि भएका दुई जनाको कन्ट्याक टे«सिङमा परेका ९ जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि थियो । उनीहरुलाई पनि जनजागृति माविको क्वारेन्टाइनमा राखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here