तमानखोलामा कन्ट्याक ट्रेसिङबाट थप ९ जनालाई कोरोना पुष्टि

बागलुङ, २३ भदौ ।
बागलुङको तमानखोला गाउँपालिकामा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा तमानखोला गाउँपालिकाका ६ जना महिला र ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो । उहाँले तमानखोला गाउँपालिका वडा नम्बर १ का ३८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष, २३ बर्षिय महिला, २९ बर्षिय महिला, २२ बर्षिय महिला, २८ बर्षिय महिला, वडा नम्बर २ का १८ बर्षिय महिला, वडा नम्बर ५ का ३० बर्षिय महिला र वडा नम्बर ८ का १९ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । संक्रमितहरु मध्य ३ जना स्वास्थ्यकर्मी हुन् ।

यस अगाडी भदौ १४ गते तमानखोला गाउँपालिका– २ की एक स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङमा मार्फत गरिएको पिसिआर परीक्षणमा ९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकलपर्सन बरालले जानकारी दिनुभयो ।

उहाँले १ सय १९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ र अन्यको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

संक्रमितहरुलाई बुर्तिबाङ प्राथमिक केन्द्रको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालयका फोकलपर्सन बरालले बताउनुभयो ।

यस अगाडी स्वास्थ्यकर्मी र व्यवसायी महिलाको कन्ट्याक टे«सिङमा परेकी एक जना महिलालाई भदौ २० गते कोरोना पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here