
बागलुङ, २२ भदौ
बागलुङमा डेढ महिना पछि ८ सय ४० क्विन्टल युरिया मल आपूर्ति भएको छ ।
भदौ दोस्रो साता मात्रा बागलुङमा सिमित मात्रामा युरिया मल आपूर्ति भएको हो । साविक धौलागिरीको बागलुङ पर्वत, म्याग्दीमा साउन अन्तिम सातादेखि युरिया मलको चरम अभाव भएको थियो ।
पछिल्लो पटक प्राप्त भएका मल बागलुङका चार, पर्वतको दुई र म्याग्दीको एक सहकारी मार्फत विक्री वितरणको व्यवस्था मिलाएको साल्ट टे««डिङकर्पाेरेन बागलुङका प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
बागलुङको सिवाईसी कृषी सहकारी, मालिका बहुमुखी सहकारी, रात्माटा कृषी सहकारी, हरिचौरको एक कृषी सहकारीले मल विक्री वितरणको अनुमति पाएका छन भने म्यााग्दीमा अन्नपुष्पम सहिद कृषी सहकारी, पर्वतको नाम्दो कृषी सहकारी हुवास पैयु र ग्रामिण कृषी विकास सहकारीलाई मल उपलब्ध गराइएको छ ।
साल्टटे««डिङबाट प्राप्त मल खुद्रा व्यवसायिलाई होलसेल विक्री गरेको खण्डमा कडा कारवाही हुने प्रमुख श्रेष्ठको भनाईछ । बागलुङलाई यस वर्ष १ सय ९२, पर्वतमा ३ हजार ८ सय र म्याग्दीको लागि ३२ मेक्ट्रि«क्टन मलको कोटा तोकिएको छ ।
धानखेतीको मुख्य सिजन मै युरिया मलको अभाव भए पछि कृषी ज्ञान केन्द्र पर्वतले धान उत्पादनमा गिरावट आउने अनुमान गरेको छ । ‘मुख्य धानबाली हुने ठाउँमा रासायनीक मलको प्रयोग बढी थियो’ कृषी ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले भन्नुभयो–‘हाईब्रिड र उन्नतजातको बिउलाई रासायनिक मलको आवश्यक पर्छ ।’
स्थानीय जातको बिउलाई रासायनिक मल आवश्यक नपर्ने भएपनि विगतमा त्यसको प्रयोग गरेको भए निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । बागलुङमा ५ हजार ९ सय ७४ र पर्वतमा ९ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।









