
बागलुङ, २१ भदौ ।
कोरोना मुक्त हुँदै घर फर्किएका धौलागिरी अस्पताल बागलुङमा कार्यरत स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना विरामीको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार भएको बताउनुभएको छ ।
धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार पछि शनिबार २६ दिनमा डिस्चार्ज भएका स्वास्थ्यकर्मी घिमिरेले खबरवे अनलाईनसँग कुरा गर्दै अस्पतालमा प्लाज्मा थेरापी सुरु भएमा आफुले रगतको प्लाज्मा दिन तयार रहेको बताउनुभयो ।
कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरसबाट संक्रमित भएका अरु बिरामीको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशमा अध्ययन भइरहेको छ ।
धौलागिरी अस्पताल बागलुङले प्लाज थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न तयारी थालेको छ । पछिल्लो समय कोरोना संक्रमितको उपचारमा निकै प्रभाविकारी मानिएको विधिको प्रयोग गरी उपचार गर्न अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धन परिषदसँग अनुमति माग गरेको हो ।
प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमण पछि गम्भिर विरामी भएकाहरुको उपचार गर्ने गरिन्छ ।
आईसोलेसनको व्यवस्थापनमा खटिएको घिमिरेलाई कोरोना संक्रमण देखिएपछि थप टाईफाईडको समस्या देखा परेका कारण निको हुन समय लागेको हो ।
उनी कोरोना संक्रमण भएपछि खुल्ने बागलुङका पहिलो र एक मात्र स्वास्थ्यकर्मी हुन् । अन्य स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण भएर निको भएका छन् ।









