कोरोना अपडेटः ९८० जना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

काठमाडौं, २१ भदौ ।
नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा १० हजार ३८२ ओटा पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्तमण पुष्टि भएको छ ।

हालसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ । नेपालमा हालसम्म २८ हजार ९४१ जना कोरोना संक्रमित डिस्चार्ज भई घर फर्किएका छन् ।आइतवारमात्रै थप १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ९ हजार २०१ जना रहेका छन् । त्यस्तै होम आईसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यसैगरी हाल १७ हजार २७ जना सक्रिया संक्रमित रहेका छन् ।

विगत २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मृत्यु हुनेमा दुई जना महिला र साता जना पुरूष रहेका छन् ।

प्रवक्ता गौतमले वीर अस्पताललाई कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here