
बागलुङ, २१ भदौ ।
काठेखोला गाउँपालिकामा आज (आईतबार) थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–६ का ४६ बार्षिय एक महिला, २१ बर्षिय एक पुरुष र काठेखोला गाउँपालिका–१ का २७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिकाका–६ का महिला र पुरुष होटल व्यवसायी रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो । उहाँले भदौ १४ गते गाउँपालिकाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङ मार्फत पिसिआर परीक्षण गर्दा उहाँहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
अध्यक्ष थापाले गाउँपालिका-६ वरपरको क्षेत्रलाई सिल गरि आजै कन्ट्याक टे«सिङ गरिने बताउनुभयो ।
यस्तै काठेखोला गाउँपालिकाका एक जना संक्रमण भारतदेखि आएर क्वारेन्टाइनमा बसेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले संक्रमित युवा भारतदेखि आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेको बताउनुभयो ।
संक्रमित सवैलाई बागलुङमा रहेको आइसोलेसनमा लैजाने पठाइने तयारी भइरहेको अध्यक्ष थापाले बताउनुभयो ।









