कर्मचारी युनियनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ, १९ भदौ ।
पछिल्लो समयमा जिल्लाका अधिकाशं संघ संगठन र विभिन्न सामाजिक संस्थाले आफ्नो स्थापना दिवसलाई फरक सैलिले मनाउन थालेका छन ।

कोरोनाको जोखिमका कारण सभा सम्मेलन गर्ने वातावरण नभएपछि आफ्नो स्थापना दिवसको खर्च सदरमुकामममा रहेको मानव सेवा आश्रमका प्रदान गरेका छन । उसो त यो बेला कोरोनाको कहरका कारण कुनै सभा सम्मेलन गरेर मनाउन पनि असम्भव छ । तर विगतका वर्ष झै नेपाल निजामती कर्मचारी युनियन(संघ)ले आफ्नो स्थापना दिवसको अवसरमा यस वर्ष पनि मानवसेवा आश्रमका लागि खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी युनियनको २९ औं स्थापना दिवसमा बागलुङमा आबद्ध कर्मचारीहरुले आश्रमका लागि खाद्यान्न सहयोग गरेका हुन ।

स्थापना दिवसको नाममा अन्य बाहिरी खर्च गर्नु भन्दा कुनै परोपकारी कार्यमा खर्च होस भन्ने उद्देश्यले दिवस मनाउने खर्चले मानवसेवा आश्रमलाई खाद्यान्नका सामाग्री हस्तान्तरण गरेको युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्यले जानकारी दिए ।

हामी मानवताको नाताले मानवको सेवा गुर्न पर्दछ भन्ने भावनाले यस संस्थालाई सहयोग गरेका छौं आचार्यले भने, ‘विगतमा पनि हामी सहयोग गरेका थियौं, आउँदा दिनमा पनि यस्तै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्नेछौं । आश्रमका लागी दाल, चामल, तेल नुन, लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन बागलुङका जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद शर्माले, कोरोना संकटले गर्दा देशका हरेक क्षेत्रका ठुलो असर परेको हुँदा सरकारले सवै क्षेत्रको संरक्षणमा उत्तरदायि भुमिका निभाउनुपर्ने बताए । उनले आश्रमका लागि स्थानिय, प्रदेश वा संघिय सरकारले आवश्यक सहयोग गर्ने जरुर रहेको बताए । सम्पुर्ण निजामती कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्दै शर्माले कोरोना सँग लड्दै जनताको सेवामा अहोरात्र खटने स्वास्थ्यकर्मी र अन्य कर्मचारी प्रति सरकारले अझै उचित सम्मान गर्न नसकेको गुनासो गरे ।

आश्रममा हाल ३६ जना आश्रीत रहेका छन । अशक्त र बेसहारा नागरिकको संरक्षणका बागलुङ सदरमुकाममा दुई बर्ष अघि देखी नै आश्रम खोलिएको छ । बागलुङ बजारको सडकका पेटि पेटिमा साहरा विहिन भएर भोक भोकै अवस्थामा डुलिरहेका व्यक्तिहरुलाई उठाएर आश्रममा मायाँ र सत्कारले राखिएको आश्रमकी संचालीका सुमिरा लामाले बताईन । हामीले धौलागिरी नै सडक मानव मुक्त बनाउने सोचमा छौं लामाले भनिन, ‘यसका लागी सवै सरोकारवालाको सहयोगको खाँचो रहेको छ । संघ संस्थाले स्थापना दिवस साथै व्यक्तिहरुले आफ्नो जन्मदिनमा लाग्ने खर्च पनि आश्रममा नै सहयोग गर्ने गरेको लामाले बताईन । कार्यक्रमको संचालन निजामती कर्मचारी युनियन संघ जिल्ला सचिव आनन्द रिजालले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here