
बागलुङ, १७ भदौ ।
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
निरन्तर अविरल वर्षासंगै परेको चट्याङले लागेर मंगलबार साँझ दर्लिङका अशोक बुढाको मृत्यु भएको वडाअध्यक्ष विरेन्द्र बुढाले जानकारी दिनुभयो ।
स्थानीय धनबहादुर बुढाको पसलमा गएका बुढालाई घरफर्कने क्रममा चट्यान लागेर बाटोमा बेहोसी अवस्थामा फेला पर्नुभएको । उहाँलाई स्थानियले बेहोरी अवस्थामा फेलापारी घर लगेको र राती साढे ९ बजे मृत्यु भएको वडाअध्यक्ष बुढाले बताउनुभयो ।
चट्याङले लागेर चिरन बुढा, खिमबहादुर वि.क. र तिर्थलाल सुनार समेत घाईते भएको वडाअध्यक्ष बुढाले बताए । उहाँले घाईतेहरुको अवस्था सामान्य रहेको बताउनुभयो ।









