
नवीन शिशिर विक
बागलुङ, १६ भदौ ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामको अग्रपंतीमा रहेर काम गर्ने कसैलाई पनि सामाजिक संजालमा अपमान गर्नेलाई कडा कारवाही हुने भएको छ ।
जिल्ला कोभिड–९ संकट व्यवस्थापन समिति र सरोकारवालबीचको सोमबार सम्पन्न बैठकले सामाजिक संजालमा कोरोना उपचारबारे अफवा फैलाउने, संक्रमितको तस्विर सार्वजनिक, सरकारको विभिन्न ओहोदामा रहेका व्यक्तिको व्यक्तिगत जीवनमा असर गर्ने गरी आक्षेप लगाउने प्रवृतिलाई निरुत्साहीत गर्ने निर्णय गरेको हो ।
बैठकले कोभिड–१९ रोकथाम तथा उपचारमा अगं्रपंतीमा काम गर्ने स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सामाजिक सेवाका लागिेका संघसंस्थाका पदाधिकारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई मनोबल खम्कने किसिमका स्टाटस तथा समाचार सामग्री राख्ने, त्यस्तो सामग्री सेयर, कमेन् गर्ने, लाईक गर्ने, प्रवृति बढेको सन्दर्भमा त्यस्ता गतिविधि सुक्ष्म निगरानी गर्ने र त्यस्तो गरेको पाइएमा कानुनको दायरमा ल्याई कडा कारवाही गर्ने निर्णय बैठकमा सहभागी पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो ।
बागलुङमा समुदाय स्तरको कोरोना परीक्षणको रिपोर्ट आउन ढिला भए पछि दोस्रो पटक दुई दिनलाई निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड–९ संकट व्यवस्थापन समिति र सरोकारवालबीचको सोमबार सम्पन्न बैठकले संक्रमितको सम्पर्कमा रहेका १ सय २१ जनाको रिपोर्ट आउन ढिला भएको कारण थप सजगता र सतर्कता अपनाउन निषेधाज्ञा थप गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिले निर्णयलाई अनुमोदन गरे पछि कार्यान्वयनमा जाने जिल्ला प्रशासन कार्यालय बागलुङका सुचना अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । बागलुङ नगरपालिकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ ।









