
बागलुङ, १५ भदौ ।
बागलुङ नगरपालिकामा लगाइएको निषेधाज्ञा थप ४८ घण्टा बढाइएको छ ।
बागलुङ नगरपालिका भित्र समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि भदौ २ गतेदेखि जारि गरिएको निषेधाज्ञा दोस्रो पटक आज ४८ घण्टा थपिएको हो । संक्रमितहरुको कन्ट्याक टे«सिङमा परेकाहरुको पिसिआर परीक्षण रिपोर्ट आउने क्रममै रहेकोले थप ४८ घण्टा निषेधाज्ञा बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाको सिफारिसमा थप २४ घण्टा निषेधाज्ञा गर्ने जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले निर्णय गरेको छ । बैठकले निर्णय कार्यान्यनको लागि जिल्ला सुरक्षा समितिलाई पारित गर्न सिफारिस गरेको छ ।
यसअगाडी पहिलो चरणमा भदौ २ गते राती १२ बजेदेखि लागु हुने गरि भदौ ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो । त्यसपछि एक साता बढाएर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।









