बागलुङ नगरक्षेत्रको निषेधाज्ञा आज सकिदै, फेरी थपिएला त निषेधाज्ञा ?

बागलुङ, १५ भदौ ।
बागलुङ नगरपालिका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज (सोमबार) राती १२ बजेदेखि सकिदै छ ।

बागलुङ नगरपालिकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि भदौ २ गते राति १२ बजेदेखि निषेधाज्ञा गरिएको थियो । पहिलो चरणमा ९ गतेसम्म गरिएको निषेधाज्ञा संक्रमितहरुको संख्या बढेको भन्दै नगरपालिकले भदौ १५ गतेसम्म निषेषाधा जारी गर्न सिफारिस गरेसँगै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको थियो ।

निषेधाज्ञा आज सकिदै गर्दा बागलुङ नगरपालिकाले थप्ने वा नथप्ने बारेमा आज दिउँसो ३ बजे विपद व्यवस्थापन समितिको बैठक आव्हान गरेको जनाएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण भइरहेको र दिउँसोसम्म रिपोर्ट आउने भएकाले त्यसलाई आधार मानेर थप्ने वा नथप्ने निर्णय हुने बताउनुभयो ।

उहाँले संक्रमितको सम्पर्कमा आएका बानपा–१० भकुण्डेका ६७ जनाको पिसिआर रिपोर्टको आधारमा निषेधाज्ञाको निर्णय हुने बताउनुभयो । नगरप्रमुख पौडेलले बैठकमा अहिलेको निषेधाज्ञालाई निरन्तरता दिने वा संक्रमण देखिएको स्थानलाई मात्र सिल गर्ने बारेमा छलफल गरिने जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here