काठेखोलाका थप एक कर्मचारी सहित बागलुङमा दुई जना संक्रमित

बागलुङ, १४ भदौ ।
बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि भएको छ । आज (आईतबार) क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका १–१ पुरुषलाई कोरोना पुष्टि भएको छ ।

संक्रमितको कन्ट्याक टे«सिङमा परेका काठेखोला गाउँपालिका–६ का ४५ बर्षिय एक जना पुरुष र भारतदेखि आएका बरेङ गाउँपालिका–४ का १९ बर्षिय पुरुषलाई कोरोनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्शन याम बरालले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकाका संक्रमित कर्मचारी हुन । उनी पुरुष भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएका काठेखोलाका कर्मचारीको कन्ट्याक टे«सिङमा परेका हुन् ।

बरेङ गाउँपालिकाका संक्रमित भारतदेखि आइ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् । संक्रमित दुवै जनालाई भोली ९सोमबार० बागलुङ बजारमा रहेको आइसोलेसन कक्षमा ल्याइने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here