बागलुङ, १४ भदौ ।
बागलुङका तेक्वान्दो खेलाडी नन्दु विष्टले प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगितामा काश्य पदक प्राप्त गरेका छन् ।

काठमाडौं जिल्ला तेक्वान्दो संघले पुम्से विधा तर्फ आयोजना गरेको उक्त प्रतियोगितामा बागलुङ तेक्वान्दो डोजाङका विष्टले कास्य पदक प्राप्त गरेका हुन ।

बिष्टको समुहमा सुरज श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेभने रामचन्द्र व्यञ्जनकारले रजत पदक प्राप्त गरेका छन् ।

संघले शनिबार र आइतबार आयोजना गरेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा खेल आयोजना गरेको थियो । त्यसमध्य पहिलो दिन शनिबार ६ स्वर्णको छिनोफानो लागेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here