तमानखोलामा स्वास्थ्यकर्मी र व्यवसायीलाई कोरोना पुष्टि

बागलुङ, १४ भदौ ।
बागलुङको तमानखोला गाउँपालिकामा एक जना स्वास्थ्यकर्मी र एक जना स्थानिय महिलालाई आज (आईतबार) कोरोना संक्रमण पुष्टि भएको छ ।

तमानखोला गाउँपालिका–२ का ३० बर्षिय एक जना महिला स्वास्थ्यकर्मी र २३ बर्षिय स्थनिय महिलालाई कोरोना पुष्टि भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । स्थानिय महिला व्यवसायी रहेको अध्यक्ष मगरले बताउनुभयो

अध्यक्ष मगरले संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा कार्यरत रहेको बताउनुभयो । उहाँले व्यवसायी महिला र स्वास्थ्यकर्मी एउटै घरमा बस्ने गरेकोले दुवै जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी गरिएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here