विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य चैतन्य पक्राउ

बागलुङ, १२ भदौ ।
विप्लव नेतृत्वको नेकपा बाग्लुङका जिल्ला सदस्य केशव निउरे चैतन्यलाई प्रहरिले पक्राउ गरेको छ ।

पार्टीको ताराखोला गाउँ जनपरिसद प्रमुख समेत रहेका निउरेलाई बिहिबार राति उनकै घरबाट प्रहरीले पक्रेको परिवारले जनाएको छ । निउरेको घर ताराखोला गाउँपालिका-५ मदमडाँडा हो । बेलुका खाना खाएर घरमै बसेका बेला प्रहरीपोशाक बिना आएको प्रहरिले राती ८ बजे पक्रेर लगेको उनकी श्रीमती सरस्वती कंडेल निउरेले जानकारी दिईन ।

उनले आफ्ना श्रीमान कुनै प्रतिबन्धित कर्यमा नलगेको र राजनीतिक आस्था राखेकै आधारमा पशासनले दुख दिएको भन्दै तत्काल रिहाई गर्ने वातावरण मिलाईदिन प्रशासन तथा अधिकारकर्मीसँग माग गरेकी छिन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here