विहुँमा विषालु साग खाँदा एकै परिवारका चार जना बिरामी

बागलुङ, ११ भदौ ।
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा विषालु साग खाँदा एकै परिवारका चार जना विरामी परेका छन् ।

आज विहान जरिङ्गो नामक साग खाँदा काठेखोला–५ विहुँ रिजालचोकका ७१ बर्षिय देउरुपा कंडेल, उनको छोरा ३९ बर्षिय छोरा चुडामणि कंडेल, बुहारी ३७ बर्षिय चिज कंडेल र १७ बर्षिय नाती सन्तोष कंडेल विरामी भएका हुन् । विहान छिमेकीले जरिङ्गो साग भन्दै दिएको साग पकाएर खाँदा विरामी भएको विरामीका दाजु गणेशप्रसाद कंडेलले जानकारी दिए ।

‘पहिले पनि करेशा बारीमा उक्त साग उत्पादन गरेर खाने गरेको थियौं,’ कंडेलले भने–‘आज विहान छिमेकीले पनि जरिङ्गो भन्दै ल्याइदिएको साग पकाएर खाएका आमा, भाई, बुहारी र छोरा खाना खाएको केहि समयपछि गम्भिर विरामी परेका छन् ।’ उनले १० बजे खाना खाएका भाईले विहान ११ बजेतिर रिङ्गाटा लाग्यो भनेको र केहि समयपछि सवै बेहोस भएको बताए । अहिले बुहारी केहि होस्मा भएपनि आमा, भाई र छोरा बेहोस रहेको कंडेलले बताए ।

विरामीका दाजु गणेश कंडेलले आफुले विरामीहरुलाई अस्पताल लाएर आएको र अहिले गाउँका अन्य छिमेकीहरु विहान जरिङ्गो भन्दै ल्याइ दिएको ठाउँमा हेर्ना जाँदा साग नभइ फुल जस्तो देखिएको जानकारी दिएको बताए ।

विरामीहरुलाई धौलागिरी अस्पताल बागलुङमा अतिआवश्यक उपचारपछि पोखरा रिफर गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here