
बागलुङ, ९ भदौ ।
बागलुङकी एक होटल व्यवसायी महिलाले कोरोनालाई जितेर घर फर्किएकी छिन् ।
साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा रहेकी बागलुङ नगरपालिका–२ मा होटल व्यवसायी गर्ने ३८ बर्षिय महिलाले कोरोनालाई जितेर घर फर्किएकी हुन् ।
संक्रमित महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आज (मंगलबार) डिस्चार्ज गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
यससँगै बागलुङमा कोरोना निको भएर घर फर्किनेको संख्या २ सय ६१ पुगेको छ ।
सच्चाइएको: कोरोना निको भएकी महिलालाई साउन ३१ गते संक्रमण पुष्टि भएको थियो भन्ने हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको अशुविधा प्रति क्षमाप्राथी छौं ।
–सम्पादक









