
म्याग्दी, ८ भदौ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
संक्रमित सुरक्षाकर्मीलाई खुल्लामञ्चको आइसोलेसन कक्षमा सारिसकिएको छ र उनको अवस्थामा सामान्य रहेको निमित्त प्रमख लम्सालले बताए ।
म्याग्दीमा पहिलोपटक विदेशबाट आएका बाहेकमा कोरोना देखिएको छ । संक्रमति प्रहरी भदौ १ गते कास्कीदेखि सुरुवा भइ म्याग्दी आएका हुन् । उनी म्याग्दी आएपछि क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।









