
बागलुङ, ८ भदौ ।
बागलुङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ का २० बर्षिय दुई जना पुरुषलाई संक्रमण देखिएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । प्रमुख खनालले दुई जना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेको बताउनुभयो ।
प्रमुख खनालले उनीहरु बानपा–३ मा कुखुरा व्यवसाय गरि बस्ने २३ बर्षिय महिलाको सम्पर्कमा आएकाले पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो । उनीहरु होम क्वारेन्टाइनमा रहेको र धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।
यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ८३ पुगेको छ । त्यसमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छनभने १ जनाको मृत्यु भएको छ ।









