संक्रमितको सम्पर्कमा आएकी थप एक महिलालाई कोरोना पुष्टि

बागलुङ, ५ भदौ ।
बागलुङमा थप एक महिलालाई कोरोना पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ की २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको बागलुङ नगरपालिका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

साउन ३२ गते संक्रमण पुष्टि भएकी बानपा–३ हाडेपाखामा व्यवसायी गरि बस्ने २३ बर्षिय महिलाको कन्ट्रयाक टे«सिङमा परेपछि उक्त महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । उहाँले संक्रमित महिलालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा लगिने बताउनुभयो ।

यसअगाडी २३ बर्षिय महिलाको कन्ट्रयाक ट्रेसिङमा परेका ६ जनालाई संक्रामण पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here