
बागलुङ, ४ भदौ ।
बागलुङमा एकै दिन १४ जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत दुई जना स्वास्थ्यकर्मी र अस्पतालको ‘सि’ ब्लक भवन निर्माण गर्न आएका १२ जना मजदुर निको हुँदै आज (बिहिबार) डिस्चार्ज भएका हुन् ।
धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले २५ र २२ बर्षिय दुई जना महिला स्वास्थ्यकर्मी र २१, २२, २९, २१, २०, ३३, २०, २०, ३५, ३४, ३१ र ४१ बर्षिय १२ जना पुरुष संक्रमण मुक्त हुँदै डिस्चार्ज भएको बताउनुभयो । सूचना अधिकारी गौतमले २५ बर्षिय महिला स्वास्थ्यकर्मी धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेन कक्षमा कार्यरत रहँदा र २५ बर्षिय स्टार्फ नर्स र धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा कार्यरत संक्रमित भएका थिए ।
यस्तै महोत्तरीदेखि धौलागिरी अस्पतालको ‘सि’ ब्लक भवन निर्माण गर्न आएका १८ जना मजदुर मध्य १४ जनालाई संक्रमण देखिएको थियो । त्यसमध्य १ जना पहिले निको भएर डिस्चार्ज भइसकेका थिएभने आज १२ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सूचना अधिकारी गौतमले बताउनुभयो । उहाँले अझै एक जना कामदार आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो ।









