
बागलुङ, ३ भदौ ।
बागलुङको बडिगाड गाउँपालिकामा आज कोरोना संक्रमण देखिएका एक जना पुरुष जनप्रतिनिधि भएको पुष्टि भएको छ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा आज संक्रमण पुष्टि भएका ३४ बर्षिय पुरुष जनप्रतिनिधि भएको बताउनुभयो । उहाँले साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएका वडा नम्बर ६ का वडाअध्यक्षको कन्ट्रयाक्ट टे«सिङ गर्दा उनको सम्पर्कमा आएका अर्को जनप्रतिनिधिलाई पनि संक्रमण पुष्टि भएको बटाउनुभयो ।
वडाअध्यक्षको कन्ट्रयाक्ट टे«सिङमा परेका जनप्रतिनिधिलाई ज्वारो र खोकीको लक्षण देखिएपछि पिसिआर परीक्षण गरिएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँले संक्रमित जनप्रतिनिधि होम क्वारेन्टाइनमा रहेको बताउनुभयो । ‘अहिले उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ अध्यक्ष पाइजाले भन्नुभयो–‘आज रात परिसक्यो भोली (बिहिबार) विहान बागलुङ बजारमा रहेको आइसोलेसनमा पठाउने तयारी गरेको छौं ।’
अध्यक्ष पाइजाले बुर्तिबाङमा अहिले आइसोलेसन नभएकोले जिल्ला कमाण्ड पोष्टसँग सल्लाह गरेर बागलुङ पठाईने बताउनुभयो ।









