
बागलुङ, २ भदौ ।
बागलुङको बरेङ गाउँपालिकामा आमा छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बरेङ गाउँपालिका–२ का ६ बर्षिय बालक र २५ बर्षिय उनकी आमालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपसर्न याम बरालले जानकारी दिनुभयो । साउन २७ गते भारतदेखि आई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसनमा राख्नको लागि बागलुङ बजार ल्याउन लागिएको फोकलपसर्न बरालले बताउनुभयो ।
यस्तै भारतदेखि आएर बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषलाई संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा बसिरहेका बागलुङ नगरपालिका–१३ का २५ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ७१ पुगेको छ । त्यसमध्ये २ सय ४६ जना निको भएर घर फर्किएका छनभने १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।









