
बागलुङ, १ भदौ ।
जिल्ला सहकारी संघ बागलुङले जिल्लामा वित्तिय कारोबार गर्ने सहकारी संस्थाहरुलाई घरदैलो सेवा बन्द गर्न आग्रह गरेको छ ।
संघको सोमबार बसेको बैठकले जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरुलाई भदौ १ गतेदेखि लागु हुने गरि एक हप्तासम्म घरदैलो सेवा बन्द गर्न आग्रह गरेको संघका सचिव तेजेन्द्र थापाले बताउनुभयो ।
सचिव थापाले कोरोना संक्रमण तथा महामारीको व्यापकता फैलिदै गएको र समुदाय स्तरमा समेत संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर राखेर जिल्ला स्थित वित्तिय कारोबार गर्ने सबै सहकारी संघसंस्थाहरुलाई एक हप्तासम्म बजार प्रतिनिधिहरुलाई बजार नपठाउन आग्रह गर्नुभयो ।
सचिव थापाले सहकारीहरुले उच्च सुरक्षाका नियम र मापदण्डहरुलाई पूर्ण रुपमा अपनाई, अनावश्यक भिडभाड नगरी संसथाको कार्यालयबाट प्रदान गरिदै आएको सेवा सुविधालाई सुरक्षित तबरबाट नियमित रुपमा संचालन गर्नको लागि अनुरोध गरेको बताउनुभयो ।









