बागलुङ नगरपालिका–२ वडा कार्यालय र अतिआवश्यक बाहेकका पसल एक हप्ता बन्द

बागलुङ, १ भदौ
बागलुङ नगरपालिका वडा नम्बर २ एक हप्तालाई लकडाउन गरिएको छ ।

बानपा–२ को वडा कार्यालयले एक सूचना प्रकाशित गरि वडा कार्यालय भदौ ७ गतेसम्म पूर्ण रुपमा बन्द गरि वडा भित्र रहेको अतिआवश्यक पसलहरु बाहेक अन्य पसलहरु एक हप्ता बन्द गर्न आग्रह गरेको छ । वडा कार्यालयले वडाभित्र छोटो समयमा कोरोना संक्रमितहरुको संख्या थपिदै गएकोले संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ भैरहेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई आवश्यक सूचना र सहयोग गर्न वडाबासीलाई अनुरोध गरेको छ ।

वडाअध्यक्ष जीवन आचार्यले सूचना प्रकाशित गरि संक्रमितको सम्पर्कमा आएका सवै व्यक्तिहरुको स्वाब परिक्षणको प्रतिवेदन नआएसम्म वडा कार्यालयबाट हुँदै आएका दैनिक कामकाज भदौ ७ गतेसम्म बन्द गर्ने र वडा भित्र अत्यावश्यक सेवा बाहेकका सवै सेवाहरु समेत १ साताको लागि बन्द गर्न आव्हान गरि सहयोग गरिदिन बागलुङ उद्योग बाणिज्य संघलाई पत्राचार गरेको जानकारी दिनुभयो ।

वडाबासीहरुलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाई अनावश्यक हिडडुल नगरी कोभिड रोकथामको सामुहिक प्रयासमा सहयोग गर्न वडा सदस्य अर्जुन घिमिरेले आग्रह गर्नुभयो ।

 

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here