बडिगाड गाउँपालिका भदौ ७ गतेसम्म लकडाउन

बागलुङ, ३१ साउन ।
वडिगाड गाउँपालिकाले शनिवार राती १२ बजे देखी भदौ ७ गतेसम्म लागुहुने गरी गाउँपालिका लकडाउन गरेको छ ।

बडिगाड गाउपालिकाका वडा अध्यक्षमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी गरी कोभिड परिक्षण गर्न गाउपालिका लकडाउन गरिएको गाउपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो। अध्यक्ष पाइजाले थप संक्रमण फैलिन नदिन सबैलाई घरमै बस्न पनि आग्रह गर्नुभएको छ।

त्यस्तै जिल्ला कोभिड व्यवस्थापन समितिको आज वसेको वैठकले बागलुङ बजारमा लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ । बागलुङ बजारमा होटल व्यवसाय गर्दै आएकी एक महिलामा संक्रमण देखिएपछि सदरमुकाममा लकडाउनलाई कडाई गरिएको हो । समुदायमा संक्रमण फैलन सक्ने भन्दै बजारमा नडुल्न, आबश्यक परेर निस्कनुपर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

बैठकले संक्रमण फैलिन नदिन संक्रमक रोग ऐन २०२० को दफा २ अनुसार कडाइ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शनिवार रातीदेखी लागू हुनेगरी एम्बुलेन्स, तरकारी, दाना, दूध र खाद्यान्न ढुवानी बाहेक अन्य निजी सवारी साधन जोर गतेको दिन जोर र बिजोर गतेको दिन बिजोर गाडि मात्रै चल्न दिने निर्णय भएको छ ।

त्यस्तै खुला स्थानमा भेला हुने, भीड गर्ने र मठमन्दिरमा पूजा गर्ने निहुँमा भेला हुने काम रोक्ने निर्णय गरेको छ । त्यस्तै भीड हुने जात्रा, मेला र महोत्सव रोक्न पनि आग्रह गरेको छ । तालिम, गोष्ठी, सेमिनार, स्विमीङपुल, होटल र रेष्टुरेन्ट कवर्डहल लगायतको सेवा र पुस्तकालय, संग्राहलय लगायतका सेवा पनि तत्काल रोक्न निर्देशन दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here