बागलुङमा समुदायमै फैलियो कोरोना, एक महिलालाई संक्रमण पुष्टि

बागलुङ, ३१ साउन ।
बागलुङमा पहिलो पटक समुदायमै कोरोना संक्रमण फैलिएको छ ।

शनिबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ की ३८ बर्षिय एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

बागलुङ नगरपालिकाले समुदायस्तरमा संक्रमण भए/नभएको पत्ता लगाउन गरेको दोस्रो चरणको पिसिआर परीक्षणमा उक्त महिलालाई संक्रमण पुष्टि भएको प्रमुख खनालले बताउनुभयो । उहाँले  संक्रमितको सम्पर्कमा रहेक उनीहको परिक्षण गरिएको र पहिलो पटक समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले संक्रमित महिलाका श्रीमान र दुई जना छोराछोरीको भने रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

संक्रमित महिला होम क्वारेन्टाइनमा रहेकाले उनलाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको प्रमुख खनालले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here