
बागलुङ, ३१ साउन ।
बागलुङमा थप २ जनालाई कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–३ का ५४ बर्षिय एक पुरुष र बडिगाड गाउँपालिका–६ का ३८ बर्षिय एक जना पुरुषलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
प्रमुख गुरौले कोरोना संक्रमितको सम्पर्कमा आएका एक जना र स्थानिय एक जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले बागलुङ नगरपालिकाका संक्रमित कन्ट्याक ट्रेसिङमा परेका र बडिगाडका संक्रमित क्वारेन्टाइन व्यवस्थापनमा खटिदै आएकोले पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रमुख गुरौंले दुवै जना होम क्वारेन्टाइनमा रहेको बताउनुभयो । ‘अहिले दुवै जना होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ प्रमुख गुरौले भन्नुभयो–‘उहाँहरुलाई होम आइसोलेसनमा राख्ने की अस्पतालको आइसोलेसनमा लैजाने भन्ने बारेमा उहाँहरुसँग सम्पर्क भइरहेको छ ।’
यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ । त्यसमध्य २ सय ४५ जना निको भएर घर फर्किएका छन्भने १ जनाको मृत्यु भएको छ ।









