बागलुङमा समुदायमा कोरोना संक्रमण देखिएनन्

बागलुङ, २७ साउन ।
समुदायमा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन बागलुङमा ¥यानडम रुपमा गरिएको समुदायस्तरमा कोभिड–१९ परीक्षणका सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

बागलुङ नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय बागलुङले संयुक्त रुपमा साउन २४ र २५ गते जिल्लाका सरकारी कार्यालयका कर्मचारी, व्यवसायी, पत्रकार, सवारी चालकहरु ग्रि २ सय ५५ जनाको स्वाब संकलन गरि समुदायस्तरमा कोराना संक्रमण भए/नभएको परीक्षण गरेको थियो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको सवैको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकास्थित सरकारी कार्यालयहरुबाट १६, बैंकमा कार्यरत कर्मचारीहरु २८, पत्रकार/सञ्चारकर्मी १५, सुरक्षाकर्मी ९३, स्वास्थ्यकर्मी ८, ग्यारेजमा कार्यरत स्टाफ ३०, चालक/सहचालक १९, होटल/किराना पसल व्यवसायी १७, पेट्रोल पम्पका स्टाफ ३ तथा अन्य २६ जना गरी २५५ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख खनालले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको सबैभन्दा जोखिममा रहेको क्षेत्रबाट लिएको नमुना परिक्षण गर्दा नेगेटिभ आउनुले तत्काल समुदायमा कोरोना संक्रमण नभएको उहाँले बताउनुभयो ।

उहाँले हालसम्म बागलुङ नगरपालिका भित्र समुदायस्तरमा कोभिड–१९ संक्रमण फैलिएको अवस्था नदेखिएको भएतापनि हालको अवस्थालाई कायम राख्नको लागि भिडभाडमा नजाने जानै परे मास्क लगाउने, भौतिक दुरि कायम गर्ने, साबुन पानीले वारम्वार २० सेकेन्डसम्म हात धुने लगायतका सुरक्षाका उपाय अवलम्वन गर्न अनुरोध गर्नुभयो ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here