जिपि कोईराला फाउण्डेशन बागलुङद्धारा मानव सेवा आश्रमलाई सहयोग

बागलुङ, २७ साउन ।
गिरीजा प्रसाद काईराला फाउण्डेशन बागलुङले बागलुङ सदरमुकाममा संचालन भएको मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।

नेपाली राजनितिका शिखर पुरुष, पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्व कोईरालाको सम्झनामा फाउण्डेशनले एक कार्यक्रमका विच आश्रमका लागि ५ थान पंखा (फ्यान) र स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

गर्मियामको समयमा आश्रमका आश्रीतका बालबालिका र बृद्ध बुद्धाको लागि सहज होस भन्ने उद्देश्यले स्व. कोईरालाको सम्झनामा पंखा (फ्यान)सहयोग गरिएको जिपिकोईराला फाउण्डेशन बागलुङका संयोजक महेन्द्र प्रसाद कंडेलले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले मुलुकको राजनितिक परिवर्तनको एक सच्चा पुरुष स्व. कोईरालाको योगदान आम नेपाली दाजुभाई कसैले पनि भुल्न नसक्ने बताए । उनले स्व. कोईरालाको सम्झनामा स्थापना भएको फाउण्डेशन सधै मानवीय सेवामा सर्मपित रहेको बताए । थापाले फाउण्डेशन सधै सामाजिक सेवा क्रियाशिल रहेको प्रशंसा गर्दै आश्रमका लागि गरेको सानो सहयोग यहाँको लागि ठुलो भएको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य एवं काँग्रेस बागलुङका निवर्तमान सभापति प्रकाश शर्मा पौडेल, जिपि काईराला फाउण्डेशन गण्डकी प्रदेश सदस्य खुमराज पराजुली नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा लगायतले फाण्डेशनका हरेक गतिविधि मानविय सेवामा सर्मपित रहेको बताए ।

कार्यक्रम जिपि कोईराला फाउण्डेशन बागलुङ संयोजक महेन्द्र प्रसाद कंडेलको अध्यक्षता सह–संयोजक जयराम भारीको स्वागत र सचिव विकास पौडेलको संचालन सम्पन्न भएको थियो ।

आश्रममा हाल ३७ जना आश्रीत रहेका छन । ति मध्ये ७ जना बालबालिका र अन्य ३० जना बृद्ध र बयस्क उमेरका रहेको आश्रमकी अभियान्ता विपना तामाङले जानकारी दिईन । आश्रममा धौलागिरी क्षेत्रका विभिन्न स्थानमा व्यवारिसे भएका सर्वसाधरणलाई उठाएर ल्याई उनिहरुको आश्रीत गराईएको छ । आश्रम व्यवस्थापनका निम्ती विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग हुँदै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here