गुहेलीको समन्वयमा वाइन टु वाटरद्वारा काठेखोलालाई हातधुने सामाग्री सहयोग

बागलुङ, २५ साउन ।
गुहेली सञ्चार सहकारी संस्थाको समन्वयमा काठेखोला गाउँपालिकालाई पिउन र हातधुन प्रयोग हुने विविध सामाग्री हस्तान्तरण गरिएको छ ।

वाईन टू वाटर नेपाल नामक संस्थाको सहयोगमा पालिकाका विभिन्न वार्ड कार्यालय तथा स्वास्थ्यसंस्थामा पुर्याउने गरि विविध सामाग्री हस्तान्तरण गरिएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा उचित व्यवस्थापनको लागि भन्दै पालिकालाई १२ थान फिल्टर, १२ था हात धुने स्थानको फ्रेम, २४ थान बाल्टिन, १२ थान बाटा, १२ थान टुटी १२ थान नाली प्रणाली र १ सय ४४ थान साबुन हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष अमर बहादुर थापा मगर र प्रमुख प्रशासकीय अधिकृत खिम बिकलाई सहकारीका प्रमुख खिम कार्कीले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

ति सामाग्रीहरु पालिकाका विभिन्न वडा तथा स्वास्थ्य कार्यालयहरुमा पुर्याईनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here